Comments Add Comment

जुलाईसम्ममा ४० प्रतिशत नागरिकलाई कोरोना खोप दिने चीनको योजना

१८ फागुन, काठमाडौं । चीनले जुलाईको अन्तिमसम्ममा आफ्ना ४० प्रतिशत नागरिकहरुलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप दिने लक्ष्य राखेको छ ।

मंगलबार अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको कुराकानीमा चीनका वरिष्ठ स्वास्थ्य सल्लाहकारले यस्तो बताएका हुन् । उक्त लक्ष्य पूरा गर्न निकै तीव्र गतिमा चीनमा खोप कार्यक्रम बढाउनु जरुरी देखिएको छ ।

चिनियाँ कोरोना भाइरस विशेषज्ञ झोङ नान्सानले चीनमा अहिले एकसयमा ३.५६ मानिसले कोरोना खोप लगाएको बताए । यो संख्या इजरायल, यूएई र अमेरिकाको भन्दै निकै कम हो । उनका अनुसार जुलाईको अन्तिमसम्ममा चीनका ४० प्रतिशत मानिसले कम्तीमा एक डोज कोरोना खोप पाउनेछन् ।

अहिलेसम्म चीनले चारओटा घरेलु कोरोना खोपलाई अनुमति दिएको छ । फेब्रुअरी २८ सम्मको तथ्यांकअनुसार चीनमा पाँच करोड पाँच लाखभन्दा धेरैले कोरोना खोप लिइसकेका छन् । यसअघि चीनले लुनार नयाँ वर्षभन्दा अगाडि नै पाँच करोडभन्दा धेरै मानिसलाई कोरोना खोप दिने लक्ष्य राखेको थियो ।

चिनियाँ खोपहरु अहिले ब्राजिल, टर्की, इन्डोनेसिया र मेक्सिकोलगायतका मुलुकमा पनि प्रयोग भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment