Comments Add Comment

राष्ट्रसंघले भन्यो-सिरियामा हिरासतमा लिइएका हजारौं मानिस अझै बेपत्ता

Photo Credit : AFP

१८ फागुन, काठमाडौं । संयुक्त राष्ट्रसंघले १० वर्षे गृहयुद्धको क्रममा हिरासतमा लिइएका हजारौं मानिसहरु अझै बेपत्ता रहेको बताएको छ । राष्ट्रसंघका अनुसन्धानकर्ताहरुले मनोमानीपूर्ण तरिकाले प्रक्रिया नपुर्‍याई हिरासतमा लिइएका मानिसहरु अझै बेपत्ता रहेको बताएका हुन् ।

सिरियामा जारी गृहयुद्धको क्रममा सबै पक्षले गरेको युद्ध अपराध र मानव अपराधको प्रतिवेदनकाअनुसार हजारौं मानिसहरुलाई हिरासतमा चरम यातना दिइएको वा मारिएका थिए । सिरियामा जारी युद्धका पीडितले भने अकल्पनीय पीडाको सामना गर्नुपरेको बताएका छन् । सिरियामा यो गृहयुद्धमा बालिका तथा महिलामाथिको बलात्कारका घटनामा पनि अत्यधिक बढेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा सिरियाको लागि राष्ट्रिय संकटको विषय रहेको यसको सम्बोधन हुनु जरुरी छ । सिरियामा सन् २०११ यता गृहयुद्ध जारी छ । यो गृहयुद्धमा अहिलेसम्म तीन लाख ८० हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । मृत्यु हुनमध्ये आधाभन्दा धेरैको मृत्यु आफ्नै घरमा भएको थियो ।

राष्ट्रसंघका स्वतन्त्र पर्यवेक्षकले अनुसन्धानको क्रममा २६ सयभन्दा धेरै मानिसको अन्तर्वार्ता लिएका थिए भने एकसयभन्दा धेरै हिरासत केन्द्रमा अनुसन्धान गरेका थिए ।

– एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment