Comments Add Comment

कांग्रेसले भन्यो : बीएण्डसीलाई सम्बन्धन दिन शिक्षामन्त्रीले दबाव दिनु आपत्तिजनक

१८ फागुन, काठमाडौं । नेपाली कांग्रेसले शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपल श्रेष्ठले झापाको प्रस्तावित बीएण्ड सी मेडिकल कलेजलाई एमबीबीएस सम्बन्धन दिन काठमाडौं विश्वविद्यालयलाई दबाब दिएकोप्रति विरोध जनाएको छ ।

नेपाली कांग्रेसको शिक्षा विभागका सचिव कृष्णप्रसाद पौडेलले मंगलबार विज्ञप्ति जारी गरी सरकार आफैंले बनाएको ऐन, नियम र विभिन्न समयमा गरेको सम्झौता विपरीत बारम्बार विश्वविद्यालयमाथि हस्तक्षेप गर्नु खेदजनक र आपत्तिजनक कुरा भएको बताएका छन् ।

‘शिक्षामन्त्री स्वयंले प्रक्रिया मिचेर विश्वविद्यालयको स्वायत्ततामाथि हस्तक्षेप गर्दै राजनैतिक दवाव सिर्जना नगर्न नेपाली कांग्रेसको शिक्षा विभाग सचेत गराउँदछ, अन्यथा यसको परिणाम दुखद हुने जानकारी गराइन्छ’ विज्ञप्तिमा भनिएको छ ।

केही दिनअघि बसेको काठमाडौं विश्वविद्यालयको ८९ औं सिनेट सभामा शिक्षामन्त्री श्रेष्ठले बीएण्डसीलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाउन दबाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment