Comments Add Comment

प्रधानमन्त्री भन्छन्– वैज्ञानिक वन व्यवस्थापन भनेको त सखाप पार्ने नीति पो रहेछ !

१८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोक्ताको साथ लिएर वनसँग सम्बन्धित नीतिहरु बनाउने बताएका छन् । वनको अधिकतम सुरक्षा र विकास गरी अधिकतम प्रतिफल लिने कुरामा सन्तुलन कायम गर्ने पनि उनले बताए ।

सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद् भेलाको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वनको सुरक्षा, संरक्षण तथा जीवजन्तुको सुरक्षा र संरक्षणका निम्ति नीति बनाउने बताए ।

प्रधानमन्त्री ओलीले वैज्ञानिक वन व्यवस्थापनको नाममा वन सखाप पारिएको भन्दै अब दिगो वन विकासको नीति बनाउने बताए । उहाँले भने, ‘वैज्ञानिक वन व्यवस्थापनको नाममा वन सखाप पार्ने नीति हो भन्नेचाहिँ ठानेको थिइनँ । वैज्ञानिक भनेपछि राम्रो होला भनेको त वैज्ञानिकको नाममा त सखाप नीति रैछ । त्यो सखाप नीति होइन, वैज्ञानिक नीति हुनुपर्‍यो । दिगो वन विकास नीति हुनुपर्‍यो ।’

चरम बेथिति बढेपछि सरकारले गत माघ ११ गतेको मन्त्रिपरिषद् बैठकबाट वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरिसकेको छ ।

यो पनि पढ्नुहोस वैज्ञानिक वन व्यवस्थापनको खारेजी : सरकारले ठीक गर्‍यो कि बेठीक ?

प्रधानमन्त्री ओलीले वनको संरक्षण गर्न भूमिका खेलेको भन्दै सामुदायिक वन उपभोक्ता समितिहरुको प्रशंसा गरे । उनले भने, ‘सायद उपभोक्ता समितिहरु नबनेका भए, सामुदायिक वनहरुको रुपमा व्यवस्थापन नगरेको भए अहिले हाम्रो वन क्षेत्रको धेरै प्रतिशत नष्ट भइसक्या हुन्थ्यो । नष्ट भइसकेका वनहरुलाई वन उपभोक्ता समितिहरुले तिनलाई पुनर्उत्थान गरेका छन् । तिनलाई पुनर्जीवन दिएका छन् ।’

यो पनि पढ्नुहोस ‘वैज्ञानिक वन व्यवस्थापनका नाममा चरम अनियमितता र विनाश’ यो पनि पढ्नुहोस काठ तस्करीको अभियोग झेलेका नेतालाई वन मन्त्रालयको चाबी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment