Comments Add Comment

बुटवल ओपन टेनिस : रितिक र प्रेरणा च्याम्पियन

१८ फागुन, बुटवल । रितिक राना र प्रेरणा कोइरालाले चौथो बुटवल खुला लनटेनिस प्रतियोगिताको उपाधि जितेका छन् । मंगलबार भएको फाइनल खेल्जै रितिकले पुरुषतर्फ र प्रेरणाले महिलातर्फ उपाधि जितेका हुन् ।

साविक विजेता समेत रहेको रितिकले पुरुषको फाइनलमा सन्तोष खत्रीलाई ६-३, ७-५ ले पराजित गरे ।

यस्तै महिलातर्फ प्रेरणाले अभिलाषा विष्टलाई ६-१, ६-३ ले हराइन् । प्रेरणाले सेमिफाइनलमा साविक विजेता सलोनी तामाङलाई पराजित गरेकी थिइन् ।

प्रेरणा र मायन्का राणाको जोडी महिला युगलको सेमिफाइनलमा अभिलाषा र इरा राउतको जोडीसँग हारेका थिए । प्रेरणाल एकलको फाइनलमा अभिलाषास्ग बदला समेत लिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment