Comments Add Comment

जूमको आम्दानी ४० प्रतिशले बढ्ने

भिडियो कन्फ्रेन्सिङ् सर्भिस जूमले यो वर्ष सन् २०२१ मा ३ अर्ब ७० करोड डलर आम्दानी गर्ने प्रक्षेपण गरेको छ ।

कम्पनीका प्रमुख इरिक युआनले यो वर्ष कम्पनीको व्यापारमा गत वर्षभन्दा ४० प्रतिशतले वृद्धि हुने बताएका हुन् ।

उत्साहप्रद प्रक्षेपण सार्वजनिक भएसँगै जूम कम्पनीको शेयर मूल्य सोमबार न्युयोर्कमा ६ प्रतिशतले वृद्धि भयो ।

कम्पनीका अनुसार गत वर्षजत्तिको वृद्धिदर हासिल नभएतापनि यो वर्षसमेत जूमको वृद्धिदर बलियो नै रहनेछ ।

स्मरण रहोस् सन् २०२० को तेश्रो त्रैमासिकमा जूमको व्यापार सन् २०१९ को सोही त्रैमिासकको तुलनामा ३७० प्रतिशतले वृद्धि भएको छ । अर्थात् उक्त त्रैमासिकमा जूमले ८८ करोड २५ लाख डलर आम्दानी गर्‍यो ।

कम्पनीका प्रमुख इरिक युआन भन्छन्, ‘जूमका लागि गएको वर्ष असाधारण रह्यो र चौथो त्रैमासिकको सशक्त वृद्धिदरसँगै वर्षको अन्त्य भयो । विश्व महामारीबाट निस्किँदै गर्दा हाम्रो काम बल्ल सुरु भएको छ ।

कोरोना भाइरस महामारीका कारण विश्वका सबैजसो कामकाजी मानिसहरुले घरबाटै कार्यालयका काम सञ्चालन गर्नुपर्दा भिडियो कन्फ्रेन्सिङ् सर्भिस जूम आम मानिसको दैनिकी नै बनेको छ । सन् २०२० मा कम्पनीको आम्दानीमा समग्रमा ३२६ प्रतिशतले वृद्धि भएर २ अर्ब ६० करोड पुग्यो । त्यसमा जूमले ६७ करोड १५ लाख मुनाफा कमाएको छ।

खोपको विकास र महामारी मथ्थर भएसँगै धेरै कम्पनीहरुले घरबाटै काम गर्ने प्रचलन हटाएर कार्यालयबाटै कार्यसञ्चालन सुरु गरिरहेको अवस्थामा जूमका प्रयोगकर्ता आगामी दिनमा घट्ने अनुमान गरिएको छ । साथै माइक्रोसफ्ट र गुगल जस्ता कम्पनीहरुका भिडियो कन्फ्रेन्सिङ सर्भिसहरुसँग पनि जूमले प्रतिस्पर्धा गरिरहनु परेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment