Comments Add Comment

कविराजको ‘मिरर’मा आर्यन र उपासना

नेपाली चलचित्रको नृत्य निर्देशनमा कविराज गहतराजको नाम नयाँ होइन । कविराजले नृत्य निर्देशन गरेका थुप्रै चलचित्रका गीतले दर्शकको माया पाएका छन् । उनै, कविराज अब चलचित्र निर्देशनमा डेब्यू गर्ने तयारीमा छन् ।

कविराजले बनाउन लागेको नयाँ चलचित्रको नाम ‘मिरर’ हो । यो चलचित्रको बिषयमा निर्माणपक्षले आन्तरिक रुपमा तयारी गरिरहेको छ ।

यो चलचित्रका लागि कविराजले नायकमा आर्यन सिग्देललाई अनुवन्धित गरिसकेका छन् । आर्यन चलचित्र ‘डिसेम्बर फल्स’को छायांकनमा व्यस्त छन् । यो चलचित्रको ७० प्रतिशत छायांकन सकिएको छ ।
कविराजको यो चलचित्रका लागि नायिकको रुपमा उपासना सिंह ठकुरीलाई अफर गरिएको छ ।

वुझिएअनुसार, उपासनाले यो चलचित्रको कथा मन पराएकी छिन् । तर, उनले चलचित्रको निर्माणपक्षसँग लिखित संझौता भने गरिसकेकी छैनन् । उपासनालाई चलचित्र ‘सत्यम्’को पनि अफर गएको छ । उनले यो चलचित्र पनि साइन गरेकी छैनन् । ‘सत्यम् र मिरर’को छायांकन सेड्यूल जुध्ने अवस्था आयो भने उपासनालाई समय मिलाउन समस्या हुनसक्छ । तर, उपासनालाई दुबै चलचित्रको कथा मन परेको वुझिएको छ ।

आर्यन र उपासनाको जोडीले अभिनय गरेको ‘डिसेम्बर फल्स’को छायांकन अझै बाँकी छ । यसैविच, उनीहरु नयाँ चलचित्र ‘मिरर’का लागि पनि जोडी बाध्ने तयारीमा छन् । चलचित्रमा आर्यन र उपासनासँगै प्रशान्त ताम्राकारको पनि मुख्य भूमिका रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment