Comments Add Comment

‘कोरोनाले सन् २०२१ मा चीनलाई चार खर्ब १७ अर्ब डलरको नोक्सानी हुन्छ’

Photo Credit : AFP

१८ फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण सन् २०२१ मा चीनलाई कुल गार्हस्थ्य उत्पादनको करिब २.७ प्रतिशतको नोक्सानी हुन सक्ने एक अध्ययनले देखाएको छ । चिनियाँ र अमेरिकी शोधकर्ताहरुले गरेको अध्ययनमा यस वर्ष चीनलाई करिब चार खर्ब १७ अर्ब डलरको नोक्सानी हुन सक्ने बताएका हुन् । यद्यपि यस वर्ष चिनियाँ अर्थतन्त्र आठ प्रतिशतभन्दा धेरैले बढ्ने अनुमान छ ।

युनिभर्सिटी अफ कान्सास र चाइनिज एकेडेमी अफ साइन्स सेन्टर फर फोरकास्टिङ साइन्सका टोलीले प्रकाशित गरेको अध्ययनको प्रतिवेदनअनुसार यस वर्ष कोरोनाको असर सबैभन्दा धेरै धातु, विद्युत्, ग्यास र खाद्यान्न उत्पादनमा देखिनेछ । विश्व अर्थतन्त्रसँग प्रत्यक्षरुपमा जोडिएका क्षेत्र र कम्पनी कोरोनाबाट सबैभन्दा प्रभावित हुनेछन् ।

अध्ययनका अनुसार यस वर्ष चिनियाँ अर्थतन्त्र ८.१ प्रतिशतले बढ्नेछ । सन् २०२० मा चीनको आर्थिक वृद्धिदर २.८ प्रतिशत थियो ।

– एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment