Comments Add Comment

नेकपाको नाम विवादमा सर्वोच्चले आज फैसला सुनाउँदै

२३ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को नाम सम्बन्धी विवाद न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ ।

साविक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भएपछि आफ्नो पार्टीसँग मिल्दो नाम राखेको भन्दै ऋषिराम कट्टेलले २१ मंसिर २०७५ मा निर्वाचन आयोग लगायत विरुद्ध मुद्दा दर्ता गरेका थिए ।

आयोगले कट्टेलको पार्टीको नामको छोटकरी रुप (ने. क. पा.) भएकाले केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पार्टीलाई (ने क पा) बनाएर दर्ता गर्न दिएको थियो ।

आयोग स्रोतका अनुसार अदालतले कट्टेलको पक्षमा फैसला गर्‍यो भने ओली–प्रचण्डले पार्टीको नाम फेर्नुपर्ने हुन्छ ।

गत शुक्रबार बसेको न्यायाधीश श्रेष्ठ र रेग्मीको इजलासले आइतबारलाई निर्णय सुनाउने दिन तोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment