Comments Add Comment

पूर्वमिस नेपाल अनुष्काले काभ्रेको खुवाबाट बनाइन् ‘माक्कुसे’ ब्रान्ड

२३ फागुन, काठमाडौं । पूर्वमिस नेपाल अनुष्का  श्रेष्ठले सिर्जनात्मक उद्यम प्रारम्भ गरेकी छिन् । काभ्रेबाट ताजा  खुवा ल्याएर त्यसलाई नेपाली डेजर्ट ब्राण्ड ‘माक्कुसे’मा परिणत गरेकी उनले उत्पादन बजारमा पठाउन समेत सुरु गरेकी छिन् ।

गुदपाक र पुस्टकारीको नेपाली रेसिपी पुनर्जीवित गर्दै ‘माक्कुसे’ ब्राण्डमा उनका उत्पादन अब बजारमा उपलब्ध भएका हुन् । काठमाडौंमा परम्परागत रुपमा उत्पादन भएका नेपाली परिकारको अन्तर्राष्ट्रिय ब्राण्डिङ गर्ने उद्देश्यले यो अवधारणा शुरु भएको उनले बताइन् ।

उनका अनुसार नेवारी भाषामा माक्कुसे मतलव ‘वर्णन नै गर्न नसकिने अत्यन्तै मिठो’ भन्ने अर्थ हो । माक्कुसे ब्राण्डबाट हाल परम्परागत पुष्टकारी, गुलाबजल र पिस्ता सहितको गुदपाक, मोका (कफि मिश्रित) गुदपाक, चकलेट र गुदपाकबाट बनेको कुकिज, ओटमिल र पम्किन सिडबाट बनेको कुकिज उपलब्ध रहेको बताइएको छ ।

माक्कुसेका उत्पादन परम्परागत नेपाली डेसर्टबाट प्रेरित छन् । उत्पादन दूधको खुवा प्रयोग गरि बनाइएको छ  ।

परम्परागत स्वाद र नयाँ तरिकाको बनावट रहेका यी उत्पादनले पुराना र नयाँ स्वादलाई सन्तुलित गर्ने अनुष्काको भनाइ छ । माक्कुसेका सिइओ तथा सह-संस्थापक अनुष्का श्रेष्ठले भनेकी छिन्, ‘हाम्रा उत्पादन विगतको दायराबाट नवीन र उत्साहजनक भविष्यतर्फ लम्किएको छ ।’

गुदपाक जस्तो ठेट नेपाली डेसर्ट पछिल्लो समय लोप हुँदै गैरहेको अवस्थामा कच्चा पदार्थको गुणस्तर र स्वास्थ्य संबेदनसिलतालाई मद्यनजर गर्दै गुणस्तरीय उत्पादनमा जोड दिएको अनुष्काको भनाइ छ ।

काभ्रेबाट दैनिक ताजा खुवा ल्याएर माक्कुसे उत्पादन हुने भएको छ । अनुष्काले मिस वल्र्डमा सहभागी भएर फर्केपछि विश्वमाझ नेपाललाई चिनाउने भोक आफूमा जागेको र सोही चाहनालाई पछ्याउँदै माक्कुसेको स्थापना गरेको बताउँछिन् ।

अहिले माकुसेलाई अनुष्काले नै नेतृत्व गरेकी छिन् । अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनपछि नेपाल फर्केर व्यवसायमा लागेकी अनुस्का बिदेशमा अर्जन गरेको सीप र ज्ञान स्वदेशमा सदुपयोग गर्नुपर्नेमा विश्वास राखेको बताउँछिन्।

विभिन्न क्षेत्रमा सफल युवा तथा महिला उद्यमीहरूको समूहले पोषण तथा सरसफाइ ध्यानमा राखेर गुणस्तरीय उत्पादन गर्न सफल भएको उनले बताएकी छिन् । माक्कुसेको सामाजिक संजाल र नेपाली इ-कमर्स ग्यापु मार्केटप्लेसको मोबाइल एप तथा वेबसाईटबाट अर्डर गर्न सकिने भएको छ । यसको होमडेलिभरी सुविधा पनि राखिएको छ । ग्यापुले विदेशमा समेत माग अनुसार पठाउने बताएको छ ।(यसअघि पूर्वमिस नेपाल अनुष्का  श्रेष्ठ हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ : सं)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment