Comments Add Comment

एनएमए र टानबाहेकका संस्थाले पनि पर्यटक भित्र्याउन सिफारिस माग्न सक्ने

२३ फागुन, काठमाडौं । पर्वतारोहणको सिजन नजिकिएसँगै अब नेपाल पर्वतारोहण संघ (एनएमए) र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)बाहेक अन्य संस्थाको सिफारिसमा समेत पर्यटक नेपाल ल्याउन पाइने भएको छ ।

सरकारले नेपालमा अझै सरकारी निकायको सिफारिसबिना पर्यटकले भिसा नपाउने कडा प्रावधान जारी राखेको छ । यस सिलसिलामा नेपाल पर्यटन बोर्डले भिसा सिफारिस गरिरहेको छ ।

बोर्डका अनुसार यसअघि एनएमए र टानबाट प्राप्त सिफारिसका आधारमा मात्र भिसा सिफारिस दिने गरिएकोमा अब भने आवश्यक भएमा अन्य संघसंस्थाले पनि भिसा सिफारिस माग्न सक्ने भएका छन् ।

बोर्डका अनुसार यसरी भिसा माग गर्दा कम्तिमा ५ दिन होटेल क्वारेन्टिनमा रहने गरी बुकिङ गरेको खुल्ने कागजातको प्रतिलिपी ल्याउनु पर्ने भएको छ ।सम्बन्धित संस्थाले पर्यटकको नाम, पासपोर्ट नम्बरसहित आवश्यक सबै कागजात संलग्न रहेको भनी सिफारिस पत्र समेत आवश्यक पर्ने भएको छ ।

पर्यटकको पासपोर्टको प्रतिलिपी, नेपाल भ्रमणको तालिका, अन्तर्राष्ट्रिय हवाई टिकट बुक गरेको प्रमाण, यात्रा बीमाको प्रमाण समेत बोर्डमा बुझाउनुपर्ने गरी तोकिएको बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment