+
+

अविश्वास प्रस्तावबाट नाम फिर्ता लिन एमाले सांसदलाई निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २८ गते २०:३६

२८ फागुन, काठमाडौं । नेकपा एमालेले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका आफ्ना सांसदलाई नाम फिर्ता लिन आग्रह गरेको छ ।

नेकपा एमालेका सांसदसमेत सहभागी भई वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो ।

शुक्रबार पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति निकालेर अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भए फिर्ता लिन सांसदहरुलाई निर्देशन दिएका हुन् । शुक्रबार बसेको केन्द्रीय कमिटीको विशेष बैठकको निर्णय भन्दै विज्ञप्तिमा पार्टी निर्णय अनुरुप चल्न सांसदहरुलाई आग्रह गरिएको छ ।

विज्ञप्तिमा पार्टीको संसदीय दलका नेताहरुलाई आफ्ना सदस्यलाई अनुशासित र एकतावद्ध भई परिचालित गर्न निर्देशन दिइएको छ ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?