+
+

तेस्रो आइएमई टेनिस प्रतियोगिता हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २ गते २०:३२

आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तेस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस प्रतियोगिता– २०२१ आयोजना हुने भएको छ । काठमाडौं स्थित मण्डीखाटार टेनिस क्लबमा यही चैत १७ गतेदेखि २२ गतेसम्म (इस्वी संवत् २०२१ मार्च ३० देखि–अप्रील ४ सम्म) आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा यू ८–यू १६ उमेर समुहका खेलाडीहरूले भाग लिन सक्नेछन् ।

प्रतियोगितामा भाग लिन इच्छुक खेलाडीहरूका लागि दशरथ रङ्गशाला टेनिस कम्प्लेक्स त्रिपुरेश्वर, नेपाल टेनिस संघ सातदोबाटो, कास्की जिल्ला टेनिस संघ पोखरा, रूपन्देही लन टेनिस संघ बुटवल, मण्डीखाटार टेनिस क्लब काठमाडौं र नाउलिङ्ग सपोर्टस भिल्ला काठमाडौंबाट आवेदन फारम भर्न सक्ने व्यवस्था मिलाइएको छ ।

यसका अतिरिक्त आइएमई फाउन्डेसनको वेभ साइट http://www.imefoundation.org/ मा पनि आवेदन फारम उपलब्ध छ । खेलाडीहरूको पूर्ण विवरण सहित भरिएका आवेदन फारमहरु यहीँ मिति २०७७ साल चैत १२ (२५ मार्च २०२१) गते विहीवारभित्र [email protected] ​ मा पनि बुझाउन सकिने कम्पनीले जनाएको छ । यस सम्बन्धी विस्तृत जानकारीका लागि पानीपोखरी काठमाडौंमा अवस्थित आइएमई फाउन्डेसनको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?