+

एनएसएल : क्याटेगोरी ए का ७ खेलाडी विकेनन्

२०७७ चैत  ६ गते १८:०२ २०७७ चैत ६ गते १८:०२
एनएसएल : क्याटेगोरी ए का ७ खेलाडी विकेनन्

चैत ६, काठमाडौं । राष्ट्रिय टिमका कप्तान रहिसकेका विराज महर्जन सहित क्याटेगोरी ए मा रहेका ७ खेलाडी नेपाल सुपर लिग अक्सन एनएसएल अक्सनमा बिकेनन् ।

शुक्रबार भएको अक्सनमा कुनै पनि टिमले यी खेलाडीमा बोली लगाएनन् । क्याटेगोरी ए मा २८ खेलाडी रहेकोमा अक्सनको पहिलो चरणमा १९ खेलाडी मात्र विक्री भए ।

बाँकी ९ बाट २ खेलाडी विसलिस्ट बाट फ्रेन्चाईजले लिए । तर क्याटेगोरी ए मा रहेका विराज महर्जन, रविशंकर पासवान, जर्ज प्रिन्स कार्की, छिरिङ गुरुङ, हेमन्त थापा मगर, सुबास गुरुङ, दिलेन लोक्तान बिकेनन् ।

अक्सनमा कुल १४९ खेलाडी थिए । यसबाट ९८ खेलाडी बिके। सहभागी टिमले १४-१४ खेलाडी अनुबन्ध गरेका छन् ।

एनएसएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय