+
+

लक्ष्मण अधिकारीको कथा सङ्ग्रह ‘मर्फिन’ बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १८ गते १२:३३

१९ चैत, काठमाडौँ । १९ चैत, काठमाडौँ । कथाकार लक्ष्मण अधिकारीको पहिलो साहित्यिक कृतिका रुपमा कथा सङ्ग्रह मर्फिन बजारमा आएको छ। एक्काइसवटा कथा सङ्ग्रहित यस कृतिका सबै कथाहरू स्वास्थ्य विषयसँग सम्बन्धित छन् ।

सम्भवतः नेपाली कथा साहित्यमा एउटै विषयमाथि लेखिएको सिङ्गो सङ्ग्रह यो नै पहिलो  भएको दाबी कथाकारले गरेका छन्। सबै कथाहरू डाक्टर, नर्स, अस्पताल, विरामी, औषधिलगायत विषयका वरिपरी घुमेका छन् ।

स्वास्थ्य जगतका विकृति, विसंगति, कमजोरी, बदमासी, दुर्वल तथा सबल पक्षहरूलाई कथामा प्रस्तुत गरिएको छ। मञ्जरी प्रकाशनले बजारमा ल्‍याएको २२० पृष्ठको कथा संग्रह मर्फिनको मूल्य ३५० राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?