+
+

बालाजु बाइपासमा सूचना केन्द्र निर्माण हुने

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १८ गते १३:१३

१८ चैत, काठमाडौँ ।  काठमाडौंको बालाजु बाइपासमा सूचना केन्द्र निर्माण हुने भएको  छ । काठमाडौं महानगरपालिका र स्थानीय जनसहभागितामा करीब एक करोड ६ लाख रुपैयाँ लागतमा सुविधा सम्पन्न सूचना केन्द्र निर्माण गर्न लागिएको हो ।

बुधबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रुपमा सूचना केन्द्रको शिलान्यास गरेका छन् । सूचना केन्द्रले उत्तरी क्षेत्रबाट हुने सवारी आवागमनको लगत राख्ने मन्त्री मानन्धरले बताए ।

काठमाडौँबाट बालाजु नाका हुँदै बाहिरिने र भित्रिने सवारीको अभिलेखीकरण राख्ने, यातायातबारे सूचना राख्ने र सर्वसाधारणलाई काठमाडौँबारे जानकारी दिने उदेश्यले सूचना केन्द्रको स्थापना गरिएको  राज्यमन्त्री मानन्धरले बताए ।

‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न उपत्यकाका विभिन्न स्थानमा सरकारले अत्याधुनिक सुविधासहितको सूचना केन्द्रहरु स्थापना गर्ने लक्ष्य लिएको बताए। काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सूचना केन्द्रको निर्माणले राजधानीबाट ल्याण्डफिल्ड साइड जाने फोहरका गाडीको लागत राख्न सहयोग पुग्ने अपेक्षा रहेको बताए ।

यस्तै सूचना केन्द्रमा उपत्यका र काठमाडौं महानगरसम्बन्धी आवश्यक सबै सूचना उपलब्ध गराइने पनि बताए। जसबाट महानगरबासी र पर्यटक समेतले फाइदा लिन सक्नेछन् । मेयर शाक्यले सार्वजनिक सूचना केन्द्रसँगै आधुनिक शौचालय, प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय पनि सोही भवनमा रहने बताए।

सूचना केन्द्रको निर्माण कार्य उपभोक्ता समितिमार्फत भइरहेको छ । महानगरपालिकाको ९५ लाख ६० हजार रुपैयाँ र उपभोक्ताले १० लाख ६० हजार रुपैयाँ व्यहोर्ने गरी कुल १ करोड ६ लाख २० हजार रुपैयाँमा सूचना केन्द्रको निर्माण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?