
१८ चैत, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले छुट्टै कार्यालय खोल्ने भएको छ । यसका लागि भवनको खोजी भइरहेको नेता नेपालले बताए ।
युवा संघ नेपालको कार्यालय उद्घाटन कार्यक्रममा नेता नेपालले भने, ‘हामी पनि भवनको खोजीमा छौं । राम्रो र कार्यालय सुहाउँदो घर पाउनुभयो भने खबर गर्नुहोला ।’
सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार पुनर्जीवित एमालेमा अध्यक्ष केपी शर्मा ओली र नेता नेपालको समूहबीच विवाद उत्कर्षमा पुगेको छ ।
नेपाल समूहले सर्वोच्चको फैसलाअनुसार २ जेठ २०७५ को कमिटी र नेतृत्व स्वीकार गर्नुपर्ने बताएको छ भने अध्यक्ष ओलीले भने साविक नेकपा विभाजनका बेला आफ्नो समूहले बनाएको कमिटीहरुलाई नै निरन्तरता दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4