+
+

प्रदेश राजधानीमा प्रादेशिक निर्वाचन कार्यालय स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १८ गते १७:१८

१८ चैत, काठमाडौं । निर्वाचन आयोगले सातवटै प्रदेशमा प्रदेश निर्वाचन कार्यालय स्थापना गरेको छ । बुधबार प्रदेश निर्वाचन कार्यालयहरुको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भर्चुअल माध्यमबाट उद्घाटन गरे ।

आयोगले हाल प्रदेश राजधानी रहेका मोरङ, धनुषा, मकवानपुर, कास्की, दाङ, सुर्खेत र कैलाली जिल्लामा साविकका जिल्ला निर्वाचन कार्यालय खारेज गरी प्रदेश निर्वाचन कार्यालय स्थापना गरेको हो । प्रदेश निर्वाचन कार्यालयमा प्रशासन सेवाका उपसचिवको नेतृत्वमा ९ जना कर्मचारी रहनेछन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगलाई संघीय ढाँचा अनुकूल तुल्याउन र आयोगका काम प्रभावकारी बनाउन प्रदेशस्तरमा कार्यालय स्थापना गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?