+
+

शुल्क विवरण बुझाउन संस्थागत विद्यालयलाई काठमाडौं महानगरको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १८ गते १७:३४

१८ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई वैशाख १५ गतेभित्र शुल्क विवरण बुझाउन सूचित गरेको छ ।

महानगरपालिकाले जारी गरेको सूचनामा हरेक विद्यालयले निर्देशिकाले तोकेको शर्त र बन्देज पालना गर्ने गरी समयसीमाभित्र रहेर प्रस्ताव पेश गर्न निर्देशन दिएको छ ।

विद्यालयले ‘संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२’ ले निर्धारण गरेको मापदण्ड अनुरुप शुल्क निर्धारण गरी वैशाख १५ गतेभित्र महानगरको शिक्षा विभागमा बुझाइ सक्नुपर्नेछ ।

विद्यालयले मनमौजी शुल्क लिइरहेको गुनासो आएपछि नियमन गर्न निर्देशिकाले व्यवस्था गरेको मापदण्ड अनुसार शुल्क निर्धारण गर्न निर्देशन दिइएको महानगरपालिकाको शिक्षा शाखाले जनाएको छ । काठमाडौं महानगरपालिकाभित्र हाल ६४५ निजी विद्यालय सञ्चालित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?