+
+

चीनबाट ल्याएको कोरोना खोप ४० वर्ष माथिकालाई दिइने

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १८ गते १७:३९

१८ चैत, काठमाडौं । सरकारले चीनबाट ल्याएको खोप ४० देखि ५९ वर्षसम्मका नागरिकलाई दिने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार चिनियाँ खोप पूर्वाधारका लागि उपयुक्त अस्पतालबाट ४० देखि ५९ वर्ष उमेरका नागरिकलाई दिने तयारी छ ।

उनीहरुका लागि मन्त्रालयले फरक कार्डको व्यवस्था गर्नेछ । चीन सरकारले नेपाललाई ८ लाख डोज खोप अनुदानमा दिएको छ ।

ती खोप चैत १६ गते नेपाल ल्याइएको थियो । चिनियाँ खोप लगाउने विषयमा खोप सल्लाहकार समितिबाट परामर्श लिएर छिटै निर्णय गर्ने गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?