+
+

जानकीदेवीलाई एमालेको समानुपातिक सांसद बनाउने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १८ गते १७:४६

१८ चैत, काठमाडौं । निर्वाचन आयोगले सिराहाकी जानकीदेवी रामलाई समानुपातिक सांसद् बनाउने निर्वाचन आयोगले निर्णय गरेको छ ।

आयोगको बुधबार बसेको बैठकले सानु सिवाको ठाउँमा जानकीदेवीलाई सांसद् बनाउने निर्णय गरिएको प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

‘आज बसेको बैठकले निर्णय गरेको छ । यो निर्णय संसद् सचिवालयलाई पठाउँछौं’, प्रवक्ता श्रेष्ठले भने । गएको २८ असोजमा सानु सिवाको मृत्यु भएको थियो । उनको मृत्युपछि रिक्त स्थानमा दलित महिला तर्फको बन्दी सूचीको तेस्रो नम्बरमा रहेकी जानकी देवीलाई सांसद बनाउन अध्यक्ष केपी शर्मा ओलीले सिफारिस गरेका थिए ।

बन्दी सूचीको दोस्रो स्थानमा रहेकी धनकुमारी सुनारले पार्टी परित्याग गरेको भन्दै जानकीदेवीको नाम सिफारिस गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?