+
+

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३० गते ९:३७
फाइल तस्वीर

३० चैत, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । बैठक दिउँसो दुई बजे पार्टी कार्यालय सानेपामा बस्ने छ ।

पार्टी महाधिवेशन र समसामयीक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा आगामी भदौमा तय भएको चौधौं महाधिवेशनबारे छलफल हुने उनले बताए ।

यसअघि २० चैतमा बसेको कांग्रेस बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आˆनै नेतृत्वमा वैकल्पिक सरकार निर्माणको पहल गर्ने निर्णय गरेको थियो ।

सोमबारको बैठकमा सभापति शेरबहादुर देउवाले सत्ता समीकरणको प्रयासमा भइरहेको प्रगतिबारे केन्द्रीय समितिलाई जानकारी गराउने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?