Comments Add Comment

कोरियाली परम्परागत खाना, जहाँ अन्य देशको खानाको स्वाद समेत समेटिन्छ

Photo Credit : तस्वीरहरू बुकमण्डी मिडियाबाट

स्थानीय खाना कुनैपनि देशको संस्कृति चिनाउने उत्तम तरिका हो । विश्वभर प्राय: जसो देशहरूमा मौलिक खाना संस्कार पाइन्छ । बस् देशको इतिहास अनुसार कम र बढी भने हुने गर्छ । परम्परागत कोरियन खानाको इतिहास अन्यको तुलनामा अलिक थोरै भए पनि यो लोकप्रियताको हिसाबले भने अघि छ । कोरियाली खानामा चिनियाँ र जापानी खानाको केही प्रभाव पाइन्छ । यस्ता परम्परागत खानामा जापान, चीन, मंगोलिया जस्ता देशको खानाको स्वाद चाख्न पाइन्छ।

जब तपाईं दक्षिण कोरिया भ्रमण गर्नुहुन्छ तपाईंले केही मौलिक एवं परम्परागत खानेकुरा खानुहुन्छ जसको विशेषता तल उल्लेख गरिएको छ । यहाँ १० परम्परागत कोरियाली खानाको बारेमा उल्लेख गरिएको छ ।

बुल्गोजी

बुल्गोजी दक्षिण कोरियाको लोकप्रिय व्यञ्जनमध्ये एक हो । यो पातलो गरी काटिएको मासुबाट बन्ने परिकार हो । जुन मिठो र मसलेदार पनि हुन्छ । बुल्गोजी या त गोमांस वा सुँगुरको मासुद्वारा तयार गरिन्छ । यो सामान्यतया ग्रील्ड गरेर तयार पार्ने गरिन्छ । भुटेको,  ब्रुइलिंग वा स्ट्री-फ्राई विधिद्वारा पनि यसलाई तयार पारिन्छ । यो ईसापूर्व ३७ मा गोगुरियोको समयदेखि नै बल्गोगी कोरियाली भोजनको हिस्सा भएको मानिन्छ ।

किमची

किमची दक्षिण कोरियाको अर्को खानैपर्ने परिकार हो । किम्चीलाई प्राय: सुपरफुडको रूपमा चिनाउने गरिन्छ । किनकि यो स्वाभाविक रूपमा साँधेको हुन्छ र लाभकारी प्रोबायोटिक्स उत्पादनका कारण यसले पाचन प्रणालीमा सहयोग पनि गर्छ ।

किम्ची सायद विश्वमा सबैभन्दा धेरै चर्चित पारम्परिक कोरियाली खाना हो । किमचीमा विभिन्न तरकारीहरूको पनि मिश्रण राख्न सकिन्छ । किम्ची तयार गर्न असंख्य तरिकाहरू छन् कि साँधेर  जसमा मुलादेखि खुर्सानी र अदुवासम्म मिसाइन्छ । किम्चीले कोरियाली अमूर्त सम्पदाको रूपमा समेत मान्यता पाइसकेको छ ।

किम्ची प्राय सबै कोरियाली खानामा समेट्ने गरिन्छ । जुन बिहानको खाजा, खाना वा बेलुकाको खानाको रूपमा प्रयोग गर्न सकिन्छ ।

हाइजांगुक

हाइजांगुक परम्परागत कोरियाली खाना हो । जसलाई “ह्याङ्गओभर सूप” हाइजांगुक वा “ह्याङ्गओभर स्टू” पनि भन्ने गरिन्छ । यो परिकार बिहान सोजु पिएपछिको लागि उत्कृष्ठ खाना हो । यो सूप सामान्यतया गोमांसबाट तयार पार्ने गरिन्छ । यसमा बन्दा लगायतका तरकारी समेत राख्ने गरिन्छ । कोरियामा ३ प्रकारको हाइजांगुकहरू पाइन्छ । जुन गोरुको हड्डीको ब्रोथ,  अर्को काटिएको स्क्विडसहित चिसो सर्मा र तेस्रोमा कच्चा अण्डाबाट तयार पारिन्छ ।

साम्यायोप्सल

साम्यायोप्सल एक परम्परागत कोरियन खाना हो । साम्यायोप्सललाई पोर्क बेली पनि भनिन्छ । यो एक साधारण कोरियन खाना हो । जुन खानुअघि ग्रील गरिन्छ । परम्परागत साम्यायोप्सललाई खाना पकाउनु अघि मरीनेट गरिएको वा मौसमी रूपमा राखिएको हुँदैन । तर हालका वर्षहरूमा कोरियालीहरूले मासुलाई लसुन, प्याज र हरियो खुर्सानीका साथ म्यानिरेट गर्दै आएका छन् ।

बिबिमबाप

दक्षिण कोरियामा पुगेपछि बिबिमबाप खान छुटाउन नहुने परिकार हो । यो चामलबाट बनेको परिकार हो । जुन ताजा पकाएको तरकारीहरू,  मासुका टुक्राहरू र अण्डाको मिश्रणबाट तयार पारिन्छ । जसमा विभिन्न किसिमका तरकारीहरू,  मासु र किम्ची समेत समावेश हुन्छ । यसलाई कचौरामा दिने गरिन्छ । खानाको स्वाद पकाउने प्रक्रिया, तरकारी र मासुको प्रयोग आदिमा निर्भर हुन्छ । मूल रूपमा जोसोन राजवंशको समयमा गोल्डंगबान भनेर चिनिने यो परिकारको नाम २० औं शताब्दीमा परिवर्तन गरिएको हो । कोरियालीहरूले उनीहरूको परम्परागत चान्द्र नयाँ वर्षको साँझ यो परिकार खानै पर्छ ।

साम्गेताङ

साम्गेताङ एक परम्परागत कोरियाली खाना हो । साम्गेताङ कुखुरा र जिन्सेङको सूप र लसुनदेखि मीठो चामलसम्मको मिश्रित स्वादबाट बन्ने गर्छ । यो परिकार गर्मीयाममा धेरै खाने गरिन्छ । उक्त मौसममा तातो सुप खाँदा तपाईंको सहनशक्तिलाई यसले सहयोग गर्ने गर्छ ।

जपचा

जपचा परम्परागत कोरियाली खाना हो । जब तपाईं दक्षिण कोरिया भ्रमण गर्नुहुन्छ तब जप्चा छुटाउनै नहुने खानेकुरा हो । जप्चा अर्को परम्परागत कोरियन खाना हो जुन तपाईंले घरमै पनि छुट्टीको समयमा खान सक्नुहुन्छ । जपचालाई  ग्लास नुडल्स पनि भनिन्छ । यो आलुबाट बन्ने पदार्थ हो । यो परिकार तरकारी र मासुको साथमा तयार पारिन्छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment