Comments Add Comment

शौचालयको इतिहास : सिंहासनमै शौचदेखि दुई तल्लाको संरचनासम्म

हतियार, कलाकृति र चित्रहरूको संग्रहालय त सबैले देखेकै विषय हो । तर विश्वमा नै दुर्लभ रहेको शौचालयको संग्रहालय भने धेरैको लागि रोचक विषय हो । संग्रहालय आफैँमा बहुमूल्य सामग्रीहरुको संग्रह गर्ने ठाउँ हो । तर कतै शौचालयको समेत छुट्टै संग्रहालयको विकास भएको छ भन्ने कुरा धेरैलाई अनौठो लाग्न सक्छ ।

विश्वमा विभिन्न ठाउँमा शौचालयको इतिहास बोल्ने सामग्री संकलन गरेर शौचालयको संग्रहालय समेत स्थापना गरेको छ । भारतको नयाँ दिल्ली, युक्रेनमा रहेको शौचालयको संग्रहालयसम्मले शौचालयको इतिहास बोल्ने गर्छ ।

झण्डै डेढ दशकअघि देखि छिमेकी मुलुक भारतमै पनि शौचालयको संग्रहालय सञ्चालनमा छ । भारतको स्वैच्छिक संस्था सुलभ इन्टरनेशनलले शौचालयको संग्रहालय स्थापना गरेको छ । जसले शौचालय र मानव सभ्यताको गहिरो सम्बन्धको प्रदर्शन गर्दछ।

संग्रहालयका अनुसार फ्रान्सको सम्राट लुइस चौधौंकी रानी भिक्टोरियाको सिंहासनदेखि रानी भिक्टोरियाको शौचालयसम्म धेरै शतकसम्म चर्चित भए । जसमा हीरा र अन्य गहनाहरू थिए । संग्रहालयमा देखाइएको जानकारीका अनुसार शौचालयहरूको इतिहास हडप्पा र मोहेनजोदारो सभ्यताको जत्तिकै पुरानो हो। शौचालयका बाँकी अवशेष मोहेनजोडाजाडोमा फेला परेका छन् ।

मुगल कालमा अकबरको राजभवन बाहेक, राजस्थानको गोलकोंडालगायत धेरै किल्लाहरूमा शौचालयहरू भेटिए । जुन अझै देख्न सकिन्छ। उक्त संग्रहालयमा एक अमेरिकी शौचालय पनि राखिएको छ । जुन दुई तलाको छ । जसमा मालिक माथिल्लो तलामा बस्थे भने तल मजदुरहरू बस्थे ।

विभिन्न प्रकारका शौचालयहरू

शौचालयको इतिहासलाई हेर्ने हो भने कतै सिंहासनको मुनि रहेको शौचालयदेखि हिरा जडित महँगौ शौचालयसम्म प्रमुख छन् । लुइस १२ को समयमा मन्त्रीसँगको छलफलकै क्रममा पनि आवश्यक पर्दा शौच गर्ने गर्थे त्यसकारण उनकै समयमा सिंहासनमा नै शौचालय बनाइएको इतिहासकारहरू बताउँछन्।

इतिहासकारहरू विश्वमै यसलाई पहिलो सिंहासन मान्छन् जसमा शौचालय थियो । पछि युरोप र फ्रान्समा धेरै शौचालयहरू बने जुन कोही किताबको आकारमा छन् त कोही टेबुलको आकारमा छन् । बुकशेल्फको आकारमा शौचालय पनि छ, जुन अनुमान गर्न गाह्रो छ कि यस्तो पनि शौचालय हुन सक्छ ।

सेरेमिक शौचालय

तेह्रौं/चौधौं शताब्दीमा, काठको शौचालयको प्रयोग बढ्न थाल्यो । काठसँगै सुरु भयो सेरेमिक शौचालय ।

पुस्तक आकारको शौचालय

दिल्लीको संग्रहालयमा एउटा यस्तो शौचालय पनि छ जहाँ शौचालय नै पुस्तक आकारको छ । यी सबै शौचालयको शैलीले छुट्टाछुट्टै अर्थ बोक्ने बनाइन्छ । काठसँगै बनेका सेरेमिक शौचायमा भने बिस्तारै हिरा जस्ता रत्नहरू समेत जडान गर्न थालियो ।

मानिस र शौचालय बीचको सम्बन्ध अझै उस्तै छ । सन् २०००को दशकको सुरुमा तत्कालीन प्रसिद्ध गायक जेनिफर लोपेजलाई उनका पूर्व प्रेमिका बेन एफिलेकले जन्मदिनमा महँगो शौचालय उपहार दिएकी थिइन् ।  त्यो घटनाले त्यतिबेला ठूलै चर्चा पाएको थियो ।

फ्लश शौचालयको संक्षिप्त इतिहास

यो स्पष्ट छैन कि कसले सबैभन्दा पहिले फ्लस शौचालयको आविष्कार गर्यो। । यद्यपि उत्तर पश्चिमी भारतमा गरिएको पुरातात्विक उत्खननले ४००० वर्ष पुरानो ढल निकास प्रणालीको विकास भएको पत्ता लगाएको छ । मोहनजोडदो र सिन्धु सभ्यतामा देखिएका पुरातात्विक प्रमाणले शौचालयको आकृति झल्काउने सामग्री देखाएको छ ।

यद्यपि पहिलो शौचालय उत्पादन  गर्ने सम्मान या त स्कट्सलाई (३००० ईसापूर्व) पुरानो नियोलिथिक बस्तीमा वा ग्रीसलाई जान्छ। जसले नलोससको दरबार (ई‍.पू. १७००)  मा बग्ने पानीको आपूर्ति वा निकासको प्रणालीसँग जोडिएको छ ।

रोमन समय

सन् ३१५ मा रोममा १४४ वटा सार्वजनिक शौचालयहरू थिए भन्ने कुरा ऐतिहासिक दस्तावेजहरूले देखाएको छ । त्यही समयदेखि नै रोमेलीहरूले शौचालयमा दिसा गर्नको लागि प्रोत्साहन गर्न थालेको देखिन्छ । रोमेलीहरूले शौचालयमा जानुलाई सामाजिक घटनाको रूपमा व्यवहार गरे । त्यसमा काठको प्रयोग गरिएको थियो भने त्यही समयदेखि नै शौचालयलाई पानीले धुने गरिन्थ्यो ।

मध्यकालीन समय

मध्यकालीन इंग्ल्याण्डमा मानिसहरूले ‘पोट्टी’ अर्थात् कोपारोको पनि प्रयोग गर्थे । तिनीहरूले प्रयोग गर्ने सामग्रीहरू ढोका वा झ्यालबाट सडकमा फ्याँक्थे । अधिक धनीहरूले ‘स्नानागार’को समेत प्रयोग गर्दथे । बिस्तारै शौचालयबाट सिधै ढल निकास गरेर एउटा खाल्डोमा पठाउने र शौचालयलाई सफा राख्ने चलन सुरु भयो । मध्यकालीन समयमा युरोपमा नै शौचालय क्षेत्रमा लुगाहरू भण्डारण गर्ने अभ्यास सुरु भयो । जसले गर्दा साम्प्रदायिक गोप्यताबाट कायम रह्यो । एक विशाल सार्वजनिक गार्डेरोब लन्डनमा निर्माण गरिएको थियो र त्यसलाई सिधा थेम्स नदीमा पठाउने गरिन्थ्यो । यसले सम्पूर्ण जनताको लागि दुर्गन्ध र रोगहरू निम्त्यायो ।

गार्डेरोब्स र सार्वजनिक शौचालयहरू बिस्तारै कमोडबाट बिस्थापित हुँदै गए । जसमा एउटा सिट भएको बक्स र ढकनीको समेत व्यवस्था गरियो । यस्तो शौचालयको प्रयोग लुइस ११ औं‌को पालमा गरिएको थियो । १९ औं शताब्दीमा बेलायतको जनसंख्या बढ्दै जाँदा शौचालयको संख्यामा पनि बढोत्तरी हुन थाल्यो । लण्डन र म्यानचेस्टर जस्ता भीडभाड भएका शहरहरूमा १०० जनासम्म एकल शौचालय बाँड्न सक्ने व्यवस्था गरिएको थियो । ती सबैको निकास नदीमा नै थियो ।

आधुनिक समय

बाथरूम टेक्नोलोजीको आधुनिक विकास साँच्चै २० औं शताब्दीमा विस्तार भयो । २० औं शताब्दीमा शौचालय कागज रोलहरूसहितको प्रविधि आयो । यही समयदेखि स्वचालित जल प्रवाह प्रणालीको विकास हुन थाल्यो । अहिले २१ ‍औं शताब्दीसम्म आइपुग्दा अनेक किसिमका सुविधासम्पन्न शौचालयहरूको विकास हुन थालिसकेको छ । अहिले त मान्छेको स्तरीयताको परीक्षा नै शौचालयको डेकोरेसनबाट हुन थालिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment