Comments Add Comment

‘हल्का रमाइलो’बाट टेलिभिजनमा फर्किए ‘इकु’

‘इकु’ नामक पात्रमा अभिनय गरेपछि कलाकार सुलेमान शंकर हिट भए । ‘मेरी बास्सै’ नामक हाँस्य सिरियलमा उनले यो पात्रको अभिनय गरेका थिए । पछि, यो सिरियलबाट बाहिरिएपछि उनले ‘इकु’को नाममा २ वटा चलचित्र समेत बनाए । तर, वर्तमान पुस्ताले भने यो पात्रलाई विर्सिसकेको छ ।

तर, अब दर्शकले फेरि उनलाई पर्दामा ‘इकु’को भूमिकामा हेर्न पाउने भएका छन् । मरिचमान श्रेष्ठ र राजु पौडेलको निर्देशनमा तयार भैरहेको ‘हल्का रमाइलो’ नामक कमेडी सिरियलमार्फत इकु सानो पर्दामा फर्किएका हुन् ।

सिरियलमा नयाँपन दिनका लागि इकुलाई श्रृङ्खलामा भित्राइएको निर्देशक श्रेष्ठले बताए । इकुले भने–‘मलाई दर्शकले विभिन्न कार्यक्रममा जाँदा इकुको भूमिकामा देखिनका लागि आग्रह गरिरहनुभएको थियो । मलाई पनि टेलिभिजनमा देखिन मन लागेको थियो । दर्शकको चाहनाअनुसार फेरि फर्किएको छु ।’

सुलेमानले पहिलेका बालबालिकालाई ‘इकु’को बारेमा थाहा भएपनि अहिलेका बालबालिकालाई आफ्नो चरित्रको बारेमा थाहा नभएको भन्दै टेलिभिजनमा फर्किन पाएकोमा खुशी व्यक्त गरे । यो सिरियल हरेक आइतबार बेलुकी ९ बजेबाट नेपाल टेलिभिजनमा प्रशारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment