Comments Add Comment

त्रिकोणात्मक सिरिजका लागि नेदरल्याण्ड्सको टोली काठमाडौं आइपुग्यो

३१ चैत, काठमाडौं । काठमाडौंमा वैशाख ४ गतेदेखि हुने त्रिकोणात्मक सिरिजका लागि नेदरल्याण्डको राष्ट्रिय टोली मंगलबार काठमाडौं आइपुगेको छ ।

कीर्तिपुरस्थित क्रिकेट रंगशालामा नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच त्रिकोणात्मक टी-२० खेल हुँदैछ ।

वैशाख ४ देखि ११ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगितामा नेपाल र नेदरल्याण्ड्सबीच उद्घाटन खेल हुनेछ ।

नेपालले दोस्रो खेल मलेसियासँग वैशाख ६ र तेस्रो खेल नेदरल्यान्ड्ससँग वैशाख ७ मा खेल्नेछ । लिग चरणको अन्तिम खेल भने वैशाख ९ गते मलेसियासँग खेल्नेछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा लिगपछि शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । फाइनल खेल वैशाख ११ गते हुनेछ । यस सिरिजको तयारीका लागि नेपालका २० खेलाडी बन्द प्रशिक्षणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment