+
+

छोराको कुटाइबाट वृद्धको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १ गते १२:४२

१ वैशाख, विराटनगर । घरायसी विवादमा छोराले कुट्पिट गर्दा विराटनगरका एक वृद्धको मृत्यु भएको छ । विराटनगर महानगरपालिका– ५ का ६५ वर्षीय काले साहको छोराको कुटाइका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरायसी विवादमा छोरा अजयले कालेमाथि गत चैत २६ गते निर्घात कुटपिट गरेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार बुधबार बिहान नोबेल मेडिकल कलेजमा काले साहको मृत्यु भएको हो ।

कुटपिटपछि फरार भएका अजयलाई प्रहरीले बुधबार नै पक्राउ गरेको छ ।

चैत २९ गते पनि छोराको कुटाइबाट विराटनगर महानगरपालिका– ८ का ५४ वर्षीय विको सहनी मुखियाको मृत्यु भएको थियो ।

शनिबार राति विवादका क्रममा माइलो छोरो रविले धकेल्दा विकोको घाँटीमा बासको भाटाले छेडेको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?