Comments Add Comment

त्रिकोणात्मक टी–२० सिरिज : नेपाली टोलीमा शेख दाजुभाइ

फाइल तस्वीर

१ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजका लागि १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ । ज्ञानेन्द्र मल्ल कप्तान र दीपेन्द्र सिंह ऐरी उपकप्तान रहेको नेपाली टोलीमा आरिफ र आसिफ शेख दाजुभाइले स्थान बनाएका छन् ।

यस्तै पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने पनि टिममा छन् ।

कुशल भुर्तेल, कुशल मल्ल, साहब आलम, कमल सिंह ऐरी र सुशन भारी पनि नेपाली टोलीमा छन् ।

नेपालसँगै नेदरल्याण्ड्स र मलेसिया सहभागी त्रिकोणात्मक टी–२० सिरिज वैशाख ४ गतेदेखि  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।

प्रतियोगिता खेल्न नेदरल्याण्डस् र मलेसियाको टोली काठमाडौं आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment