Comments Add Comment

आनी छोइङ डब्लूडब्लूएफको सद्भावना दूत नियुक्त

फाइल तस्वीर

१ वैशाख, काठमाडौं । आध्यात्मिक गायिका तथा संरक्षणकर्मी आनी छोइङ डोल्मा विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ)को सद्भावना दूतमा नियुक्त भएकी छिन् ।

विश्वव्यापीरुपमा बढ्दो वातावरणीय समस्याको न्यूनीकरण तथा संरक्षणमा पूर्वीय संस्कृति एवं सभ्यताको प्रचारप्रसार गराउने उद्देश्यले डब्लूडब्लूएफ नेपालले गायिका आनी छोइङलाई सद्भावना दूत नियुक्त गरेको हो । विश्वमा सयभन्दा बढी देशमा संयन्त्र विस्तार भएको यस संस्थाले हालै आनी छोइङलाई सद्भावना दूत नियुक्त गरेर वातावरण संरक्षणमा नेपालका प्रयास र नेपालले गर्नुपर्ने कार्यका बारेमा विश्वव्यापी अभियानको थालनी गरेको बताएको छ ।

डब्लूडब्लूएफ नेपालले विगतमा विभिन्न अभियानहरुमा अभियान दूतका रुपमा विभिन्न व्यक्तित्वलाई छनोट गरेपनि पहिलोपटक सद्भावना दूतको घोषणा गरी संरक्षण अभियानलाई विश्वव्यापी रुपमा सञ्चालन गर्न लागेको जनाएको छ ।

सन्तुलित विकासका लागि अध्यात्मिक र धार्मिक मूल्यमान्यता एवं विश्वासलाई विस्तार गर्नु आवश्यक भएकाले यस अभियानमा लामो समयदेखि क्रियाशील रहेही आनी छोइङलाई सद्भावना दूत नियुक्त गरिएको डब्लूडब्लूएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले जानकारी दिए । उनले भगवान गौतम बुद्धको शान्ति शिक्षा, सामाजिक भेद्भावको अन्त्य गर्न तथा विकास र वातावरणलाई सन्तुलित रुपमा अघि बढाउनु पर्ने ज्ञानको प्रचार गर्न आनी छोइङको सक्रिय भूमिका रहने विश्वास व्यक्त गरे ।

आधुनिकताको नाममा भएको वातावरण विनास रोक्न र प्राकृतिक सम्पदाको संरक्षण गरी सुन्दर पृथ्वी भावी पुस्तालाई सुम्पिने अवस्था बनाउनु आजको मुख्य आवश्यकता रहेको बताउँदै सद्भावना दूत आनी छोइङले भनिन्, ‘प्रकृति र संस्कृतिप्रतिको प्रेमले नै मलाई यस अभियानमा लाग्न प्रेरित गरेको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा सुरक्षित भविष्यका लागि जनचेतना अभिवृद्धिमा लाग्न थप जिम्मेवारी पाएकी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment