Comments Add Comment

६० प्रतिशत शुद्ध युरेनियम सम्वर्धन गर्दै इरान

१ वैशाख, काठमाडौं । इरानले चाँडै ६० प्रतिशत शुद्ध युरेनियम सम्वर्धन गर्न शुरु गर्ने बताएको छ । इरानका सहायक विदेशमन्त्री अब्बास अराघ्चीले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)लाई यस्तो जानकारी दिएका हुन् । इरानले अहिलेसम्मकै सबैभन्दा शुद्ध युरेनियम सम्वर्धन गर्न लागेको हो ।

इरानको नान्टाज परमाणु केन्द्रमा साइबर आक्रमणबाट क्षति पुगेको समाचार आएसँगै इरानले यस्तो निर्णय गरेको हो । अराघ्चीले नान्टाजको केन्द्रमा क्षति पुगेका मेसिनहरुको सट्टामा ५० प्रतिशत बढी क्षमता भएका एक हजार सेन्ट्रिफ्युज थप गर्ने बताएका छन् । यद्यपि उनले यस विषयमा थप जानकारी भने दिएका छैनन् ।

गत फेब्रुअरीको अन्तिममा इरानका सर्वोच्च नेता अयातोल्लाह खामिनीले आवश्यक परे ६० प्रतिशत शुद्ध युरेनियम उत्पादन गर्न सक्ने चेतावनी दिएका थिए । न्युक्लियर हतियार निर्माणको लगि ९० प्रतिशतसम्म शुद्ध युरेनियम आवश्यक पर्छ । यद्यपि इरानले आफ्नो न्युक्लियर हतियार बनाउनु आफ्नो उद्देश्य नरहेको बताउँदै आएको छ ।

सन् २०१५ मा भएको सम्झौताअनुसार इरानलाई ३.६७ प्रतिशत शुद्ध युरेनियम मात्र सम्वर्धनको अनुमति दिइएको थियो । गत जनवरीमा इरानले २० प्रतिशत शुद्ध युरेनियम सम्वर्धन शुरु गरेको थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment