Comments Add Comment

गिम्दी बलात्कार प्रकरणका आरोपी जेल चलान

१ वैशाख, काठमाडौं । ललितपुरको बाग्मती गाउँपालिका-७, गिम्दीमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लागेका शिक्षक पुर्पक्षका लागि थुनामा गएका छन् । जिल्ला अदालत, ललितपुरको आदेशले पीडितको भिनाजु नातासमेत पर्ने उनलाई थुनामा पठाउन आदेश दिएको हो ।

अदालतको आदेशपछि उनलाई नख्खु कारागार चलान गरिएको ललितपुर प्रहरी परिसरकी प्रमुख एसएसपी किरण बज्राचार्यले अनलाइनखबरलाई बताइन् । पीडित किशोरीले दुई महिनाको गर्भवती भएपछि गिम्दी बाल क्लब सञ्जालका साथीहरुलाई खबर गरेकी थिइन् । त्यसपछि यो घटना प्रहरीसम्म पुगेको थियो ।

प्रहरीले पीडकलाई पक्राउ गरे पनि जाहेरी नपर्दा अभद्र व्यवहारको कसूरमा म्याद थप गरिएको थियो । पछि सिविनको बाल हेल्पलाइनले पीडितको तर्फबाट प्रहरीमा जबरजस्तीकरणीको कसूरमा जाहेरी दिएको थियो ।

परिवारको दबाबका कारण उनले किटानी जाहेरी दिन मानेकी थिइनन् र आफूलाई केही पनि नभएको दाबी गरेकी थिइन् ।

तर, प्रहरीले गरेको काउन्सिलिङपछि उनले आफूमाथि भिनाजुले जबरजस्ती करणी गरेको स्वीकारेकी थिइन् । परिवारबाट दिइएको प्रलोभन र धम्कीका कारण पहिले घटनाबारे नबताएको खुलाएकी थिइन् ।

यो पनि पढ्नुहोस गिम्दी प्रकरण : परिवारकै डरले बलात्कारबारे नबताएको पीडितको बयान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment