Comments Add Comment

कुकुरलाई पोलमा बाँधेर हत्या गरेको प्रकरणः दुवै पक्षविरुद्ध अनुसन्धान हुने

१ वैशाख, काठमाडौं । कुकुरलाई बिजुलीको पोलमा बाँधेर कुटपिट गरेको प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ । काभ्रेपलाञ्चोकको धुलिखेल–४, २८ किलोमा कुकुरलाई कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले १८ चैतमा भएको घटनाबारे जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले अनुसन्धान गरिरहेको बताए । उनका अनुसार प्रारम्भिक अनुसन्धानमा ८ वर्षको बालकलाई कुकुरले टोकेपछि दुईजनाले कोदालो र फलामको रडले टाउकोमा प्रहार गरेको देखिएको छ ।

घटनापछि पशु अधिकारकर्मीले बच्चाको घरमा समेत तोडफोड गरेको पाइएको काभ्रे प्रहरीले जनाएको छ । त्यसैले दुवै पक्षविरुद्ध मुद्दा चलाउने प्रहरी तयारी छ । पशु अधिकारकर्मीहरुले कुकुर मार्नेविरुद्ध कारबाही गर्न भन्दै बुधबार माइतीघरमा प्रदर्शनसमेत गरेका छन् ।

कुकरको हत्या भएको भन्दै २९ चैतमा नेशनल एनिमल रिसर्च सेन्टरले प्रहरीमा जाहेरी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment