Comments Add Comment

नाइजरको विद्यालयमा आगलागी, २० बालबालिकाको मृत्यु

१ वैशाख, काठमाडौं । नाइजरको एक विद्यालयमा आगलागी हुँदा कम्तीमा २० बालबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अधिकांश नर्सरीमा पढ्ने विद्यार्थी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  मंगलबार नाइजरको नियामीमा रहेको एक विद्यालयमा आगो लागेको हो । उक्त विद्यालय परालबाट बनाइएको झुपडीमा सञ्चालन हुँदै आएको थियो ।

स्थानीय समयअनुसार दिउँसो चार बजे उक्त आगलागी सुरु भएको थियो । परालबाट बनाइएको झुपडीमा रहेकाले आगो छिटै नै फैलिएको थियो । आगलागीको कारण परालबाट बनाइएको २१ झुपडी कक्षाहरु जलेका थिए ।

अधिकारीहरुले यो आगलागीबारे अनुसन्धान भइरहेको बताएका छन् । उनीहरुले आगो लगाउने कसैको नियत देखिए कानुनी दायरामा ल्याई कारबाही गरिने बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment