Comments Add Comment

जन्मदिनमा दीपकले भने–‘कसैले टिम छाड्दैमा हामी कुरा काटेर हिड्दैनौं’

आज निर्देशक, निर्माता तथा कलाकार दीपकराज गिरी र निर्देशक, कलाकार शिवहरि पौडेलको जन्मदिन । यी दुबै हाँस्य कलाकारको जन्मदिनको अवसरमा ‘रेडियो अडियो’ले विशेष कार्यक्रमको आयोजना गरेको छ । जन्मदिनको विशेष कार्यक्रममा बोल्दै कलाकार दीपकराज गिरीले आफूहरुको टिम सधै रहन्छ भनेर सोच्न पनि नहुने बताए ।

दीपकले भने–‘जितु नेपाल र हामीविचको सामिप्यतामा कमी छैन । व्यवसायिक कुरा एकातिर छ । हाम्रो टिम अमर बुटी लिएर आएको टिम पनि होइन । यो संसारका कुनै पनि कुरा स्थायी हुँदैनन् । यसैले, हाम्रो टिमबाट कोही पनि मानिस जानु भयो भने त्यसको कुरा काट्दै हिड्ने बानी पनि हाम्रो छैन ।’

दीपकले १० बर्ष आफूहरुको टिमले ६ वटा सुपरहिट चलचित्र दर्शकमाझ पस्किएको भन्दै यसमा जितु नेपालको योगदान उच्च रहेको बताए ।

दीपकले ‘छक्का पन्जा’ टिम जितु नेपाल छन् या छैनन् भनेर सोझो उत्तर भने दिएनन् । घुमाउरो शैलीमा उनले भने–‘यदि, छक्का पन्जा ४ मा जितुजी हुनु भयो भने पनि आश्चर्य नमान्नु होला । अहिले हामी चलचित्रमा कलाकार को राख्ने भन्ने स्थितीमा पुगिसकेका छैनौं । जितुजी हाम्रो टिममा नै हुनु भएन भने पनि छक्का पन्जा ४ मा खेल्नुहुन्छ ।’

यस्तै, अर्का कलाकार शिवहरी पौड्यालले जन्मदिनको शुभकामना दिने सबैलाई धन्यवाद दिए । उनले, ‘छक्का पन्जा, लक्का जवान, मुन्द्रेको कमेडी क्लब’ सबै आफूहरुकै टिमले निर्माण गरेको भन्दै कोही फुटेको र कोही जुटेको भनेर गलत रुपमा वुझ्न नहुने बताए । उनले भने–‘मैले लक्का जवान निर्देशन गर्दै दीपकको टिमसँग फुट्यो भनेर गलत वुझाई भयो । तर, यस्तो होइन । हामीले जसरी काम गरेपनि हामी एकसाथ नै छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment