Comments Add Comment

शाओमीको एमआई टिभी स्टिक बजारमा

१ वैशाख, काठमाडौं । शाओमीले एमआई टिभी स्टिक नेपाली बजारमा ल्याएको छ । शाओमी, नेपालको नम्बर १ स्मार्टफोन ब्रान्डले बुधबार स्मार्ट, कम्प्याक्ट र पोर्टेबल ग्याजेट एमआई टिभी स्टिक बजारमा ल्याएको हो ।

कुनै पनि नन–स्मार्ट टिभीलाई स्मार्ट टिभीमा रुपान्तरण गर्ने लक्ष्य शाओमीले राखेको छ । एन्ड्रोइड टिभी ९.० द्वारा सञ्चालित एमआई टिभी स्टिकले गुगल प्ले मार्फत ५ हजारभन्दा माथि एप्स र गेम्सहरुको पहुँच प्रदान गर्दछ ।

कम्पनीका अनुसार एक स्लिम र स्लिक डिजाइन भएको एमआई टिभी स्टिक कम्प्याक्ट र लाइटवेट डिजाइन (२८.५ ग्राम्स, ९२.४ x ३०.४ मिलिमिटर) ले बनेको छ । प्रयोगकर्ताहरुले अब कुनै पनि टिभीमा पूर्ण एचडी रेजलुसनमा हजारौँ घण्टाको मिल्ने सामग्रीको मज्जा एमआई टिभी स्टिकलाई ३० सेकेन्ड भन्दा कममा जडान गरेर लिन सक्छन् । ग्याजेटमा सिनेमा जस्तो अनुभवको लागि डोल्बी र डीटीएस अडियो कम्प्रेसन टेक्नोलोजी पनि छ । यसका अतिरिक्त एमआई टिभी स्टिक क्वाड–कोर प्रोसेसर सहितको १ जीबी र्‍याम र ८ जीबीको इन्टरनल स्टोरेजको सहज प्रदर्शन सहितको प्रोसेसरबाट पनि सुसज्जित रहेको कम्पनीले जनाएको छ ।

शाओमी नेपालका काउन्टी जेनेरल म्यानेजर सौरभ कोठारीले भने, ‘शाओमीमा हामी मनोरन्जनलाई तपाईंको बैठक कोठाको आराममा केन्द्रित गरिरहेका छौं । जसले केवल सामग्रीमा पहुँच प्रदान नगरी यसका साथै नन–स्मार्ट टिभी सेटहरुमा स्ट्रिमिङलाई अझ सुविधाजनक बनाउँदछ । एमआई टिभी स्टिकको लन्चसँगै हामी उपभोक्ताहरुलाई स्मार्ट टिभी अनूभव प्रदान गर्नमा केन्द्रित छौँ । जसले ओटीटी सामग्री उपभोग गर्नका लागि निरन्तर उपायहरु खोजिरहेका छन् ।’

एन्ड्रोइड टिभी ९.०

एन्ड्रोइड टिभीको संस्करण (९.०)मा सञ्चालित एमआई टिभी स्टिकले प्रयोगकर्ताहरुका लागि ‘वल्ड अफ कन्टेन्ट’ को पहुँच दिएको शाओमीले जनाएको छ । यो नेटफ्लिक्स, प्राइम भिडियो, डिज्नी हटस्टार, हंगामा प्ले, जी फाइभ, आह मनोरन्जन जस्ता लोकप्रिय ओटीटी प्लेयरहरुको पहुँचको साथ अनलाइन सामग्री स्ट्रिमिङ्गका लागि एक स्टप गन्तव्य बनेको कम्पनीले जनाएको छ ।  गुगल प्ले स्टोरमा ५००० भन्दा बढी एप्लिकेसन्सहरुको उपलब्धताका साथ एमआई टिभी स्टिकले गुगल प्ले स्टोरमा खेल खेल्ने विकल्पहरुको अधिकता पनि प्रदान गरेको जनाइएको छ । यो मात्र नभइकन एमआई टिभी स्टिकमा नेटफ्लिक्स र प्राइम भिडियोको लागि बटनहरुको साथ ब्लुटुथ रिमोट पनि उपलब्ध रहेको र जसले गर्दा हजारौँ फ्लिमहरु र शोहरु मात्र एक क्लिकको साथ उपभोक्ताका लागि प्रदान गर्ने कम्पनीले जनाएको छ ।

गुगल सहायक र क्रोमकास्ट बिल्ट इन

कम्पनीका अनुसार एमआई टिभी स्टिकमा गुगल सहायकद्वारा सञ्चालित भ्वाइस सर्च रहेको र जसको मद्दतले प्रयोगकर्ताहरुले उनीहरुको दैनिक योजना बनाउन, पछिल्लो अपडेट/समाचारहरु प्राप्त गर्न, मनपर्ने सामग्री प्ले/खोजी गर्न र अन्य स्मार्ट घरेलु उपकरणहरु नियन्त्रण गर्नका लागि उपयोग गर्न सक्छन् । यो क्रोमकास्ट बिल्ट–इनको साथ उपलब्ध रहेको र जसले गर्दा प्रयोगकर्ताहरुले आफूलाई मनपर्ने एप्सहरुबाट सामग्रीहरु (मोबाइलहरु/ट्याब्लेटहरु/ल्यापटपहरु) कास्ट गर्न सक्ने कम्पनीले जनाएको छ ।

डाटा सेभर

कम्पनीका अनुसार अनलाइन सामग्रीको खपतमा बढ्दो वृद्धिलाई ध्यानमा राखेर एमआई टिभी स्टिक गुगलको डाटा सेभर विशेष गरी नेपालको लागि प्रि–लोडेड भएर आउँछ । डाटा सेभरले तीन गुणा अधिक सामाग्री स्ट्रिमिङ्गको प्रदान गर्छ र साथसाथै तपाईंको डाटा प्रयोगको ट्रयाक पनि राख्ने शाओमीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment