+
+

‘पब्जी मोबाइल च्याम्पियनसिप २०२१’ लाई प्रायोजन गर्दै टिभिएस

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ४ गते २१:३२

टिभिएस मोटर कम्पनीले ‘पब्जी मोबाइल च्याम्पियनसीप २०२१’ को लागि आज प्रायोजन गर्ने भएको छ।

च्याम्पियनसीप रेजिस्ट्रेसन वैशाख ५ देखि सुरू हुने कम्पनीले बताएको छ। प्रतियोगिताका तीन भाग्यशाली विजेताले टिभिएस एन्टर्क १२५ सुपर स्क्वाड एडिसन स्कुटर जित्ने मौका पाउनेछन्।

यो कार्यक्रम टिभिएस मोटर कम्पनीको ब्लुतुथजडित स्कुटर टिभिएस एन्टर्क १२५ सुपरको ट्यागलाइन ‘प्ले स्मार्ट’ भनिएको छ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले युवाहरूलाई प्रेरित गर्नको लागि यस्ता प्लेटफर्मलाई प्रोत्साहन गर्नुपर्ने बताए।

‘जगदम्बा मोटर्समा हाम्रो लक्ष्य भनेको नेपालका युवाहरूलाई सधैं प्रेरित गर्ने र हाम्रा प्लेटफर्महरूलाई प्रोत्साहन गर्नेमा केन्द्रित भएको छ। हामीले नियमित अन्तरालमा यस्ता संस्थाहरूलाई समर्थन दिँदै आइरहेका छौं र त्यस्ता राम्रा पक्षहरू निर्माण गर्न जारी राख्नेछौं जसले देशमा टिभिएस मोटर कम्पनी उत्पादनहरूको आकांक्षा जगाउँदछ।’

‘पब्जी मोबाइल च्याम्पियनसीप २०२१’ ले ६०० भन्दा बढी टिम, २५ स्ट्रिमिङ्घ च्यानलहरू र १६ स्ट्रिमरहरूको सहभागिताको अपेक्षा गरेको छ जसमा लोकप्रिय एनटिटी जस्तै: फोरके गेमिङ, एसके ४९ लगायत समावेश छन्।

च्याम्पियनसीप आगामी ४५ दिनसम्म चल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?