५ वैशाख, काठमाडौं । हाकिम जिएचको एकमात्र गोल मद्दतमा म्यानचेष्टर सिटीलाई पराजित गर्दै चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार राति भएको सेमिफाइनलमा चेल्सीले म्यानचेस्टर सिटीलाई १-० ले हरायो ।
वेम्बलीमा भएको खेलमा चेल्सीलाई जितान हाकिम जिएचले दोस्रो हाफमा निर्णायक गोल गरे । उनले ५५औं मिनेटमा मो वेर्नेरको पासमा गोल गरेका थिए ।
चेल्सीले उपाधिका लागि लेष्टर सिटी र साउथह्याम्पटनबिचको विजेतासँग खेल्नेछ । फाइनल खेल आगामी मे १५ मा हुनेछ।