
१४ वैशाख, भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका धेरै सम्पदा पुनर्निर्माण भएका छन् । संरक्षणको अभावमा जीर्ण भएका, अतिक्रमणमा परेका र भूकम्पका कारण जीर्ण भएका सम्पदाहरु अहिले पुनर्निर्माण भएको छ ।
स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि मध्यपुर थिमीमा सम्पदा पुनर्निर्माणले गति लिएको हो अस्तित्व नै समाप्त भएका केही सम्पदा पुन उत्खनन्, जीर्ण भई अस्तित्व नै समाप्त भएका सम्पदाको पुनर्निर्माण, मर्मत गर्न सक्ने अवस्थाका सम्पदा निर्माण भएका छन् ।
अरनिको राजमार्ग छेउमै पर्छ मध्यपुर थिमी नगरपालिकाको शंंखधर चोक । नेपाल संम्वतका प्रवर्तक शंखधर साख्वाःको शालिकमा हरेक बर्ष नेपाल सम्वतको दिन माल्यार्पण गरिन्छ । तर शालिककै पछाडि रहेको डम्पिङ स्थलतर्फ कसैको ध्यान गएको थिएन । तर अहिले यो ठाउँमा कलात्मक पार्क निर्माण गरिएको छ ।
नगर क्षेत्रका पुराना पाटी, पोखरी, सत्तल, पार्कहरु पुनर्निर्माण भएको मध्यपुर नगरपालिका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए । ‘यहाँका सम्पदाहरु दिन प्रतिदिन नासिदै र जीर्ण बन्दै गएका थिए । यी सम्पदाहरु हामीलाई पुर्खाले छोडेका नासो हुन् भन्ने हेतुले हामीले नासिएका सम्पदालाई पुन उत्खनन गर्यौं र जीर्ण भएकाले पुनःनिर्माण गर्यौं’ उनले भने, ‘सम्पदा पुनर्निर्माणमा नगरबासी आफैं अघि सर्नुभयो, यसले हामीलाई निकै हौसला दियो ।’
हालसम्म मध्यपुर नगरपालिकाले सानो ठूलो गरेर १७ वटा मन्दिर, ५ वटा विहार निर्माण अन्तिम चरणमा पुगेको छ । २० वटा ढुंगेधारा निर्माण सम्पन्न भएको छ, २० वटा फल्चा (पाटी), ११ वटा पोखरी, ४ वटा पार्क निमार्ण सकिएको छ र ४ वटा अन्तिम चरणमा पुगेको छ ।
हेर्नुहोस् तस्वीरहरु











प्रतिक्रिया 4