
१७ वैशाख, काठमाडौं । नेपाल सरकारको संचित कोषबाट निवृत्तिभरण बुझिरहेका व्यक्तिले पेन्सन खाता सक्रिय गराउन बैंक धाइरहनु नपर्ने भएको छ । नियम अनुसार पेन्सन खाता हरेक ६/६ महिनामा सक्रिय बनाउनु पर्छ । यसका लागि बैंकमै पुग्नुपर्छ ।
तर, कोरोना भाइरसको महामारीका बीच पेन्सन खाता सक्रिय बनाउन आगामी असार मसान्तसम्म बैंक जानु नपर्ने व्यवस्था मिलाइएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
निवृत्तभरण बुझ्नेहरुको बैंक खाता निवृत्तभरण व्यवस्थापन कार्यालयबाट खाता सक्रिय गराई रकम भुक्तानी लिन सक्ने व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4