+
+

गोरखामा एकै गाउँका ३३ सहित ४३ जनामा कोरोना पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १७ गते १६:१६

१७ वैशाख, गोरखा । गोरखामा शुक्रबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भीमसेन थापा गाउँपालिका–७ क्यामुन्टारमा मात्रै ३३ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

केही दिनअघि २९ जनामा संक्रमण पुष्टि भएपछि सो गाउँबाट १ सय ७३ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पोखरा पठाइएको थियो । उनीहरुमध्य ३३ जनामा संक्रमण पुष्टि भएको हो ।

अन्य संक्रमित गोरखा नगरपालिकाका र आरुघाट गाउँपालिकाका रहेका छन् । गोरखा नगरपालिका–८ का ९ जना र आरुघाट गाउँपालिका–७ का एक जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?