+
+

आफ्नै खुसीले माओवादी केन्द्र रोजेकी हुँ : विमला वली

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १९ गते १५:०५

१९ वैशाख, बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूले राजीखुसी नेकपा माओवादी केन्द्र रोजेको बताएकी छन् ।

वली दाङ ३ (ख) मा भएको उपचुनावमा साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट विजयी भएकी थिइन् । एमालेले एकल बहुमतको सरकार गठनका लागि दाबी गरे लगत्तै वलीले माओवादी केन्द्र रोजेको सूचना सार्वजनिक भयो ।

एमाले नेताहरुले वलीलाई अपहरण गरिएको हुनसक्ने दाबी गरेका थिए । तर प्रदेशसभा सदस्य वलीले पत्रकार सम्मेलन गरेर त्यसको खण्डन गरेकी छन् । उनले भनेकी छन्, ‘कसैले आउनुपर्छ भनेर होइन, मेरो आफ्नै खुसीले माओवादी केन्द्र रोजेकी हुँ ।’

चुनावका क्रममा हाल माओवादी केन्द्रमा भएका नेताहरुबाटै बढी सहयोग पाएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?