Comments Add Comment

‘कन्डम परिक्षक’ बन्न सारा र अनन्याले किन गरे अस्वीकार ?

नायिका राकुल प्रित सिंहले कमेडी जनरामा बन्न लागेको एक चलचित्रमा काम गर्दैछिन् । यो चलचित्रमा उनी ‘कन्डम परिक्षक’ बन्ने तयारीमा छिन् । यो चलचित्रको कथावस्तु निकै फरक लागेपछि उनी काम गर्न तयार भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । तर, यो चलचित्रको लागि निर्माण टिमको पहिलो रोजाई भने राकुल नरहेको भारतीय मिडियाले जनाएका छन् ।

भारतीय मिडियाका अनुसार, यसको निर्माणपक्षले नायिका साराअली खानलाई यो भूमिकाका लागि अफर गरेको थियो । तर, साराले चलचित्रको कथा निकै बोल्ड भएको भन्दै काम गर्न अस्वीकार गरिन् ।

साराले आफू यो भूमिका गर्न सक्षम नरहेको जानकारी निर्माण टिमलाई गराएकी थिइन् । यसपछि, यसको टिमलाई अर्की नायिका अनन्या पाण्डेलाई अफर गरेको थियो ।

अनन्याले पनि चलचित्रमा भूमिका निकै बोल्ड भएको र अहिले नै यो भूमिका गर्न सक्ने अवस्था नरहेको बताएकी थिइन् । सारा र अनन्याले चलचित्रमा काम गर्न नमानेपछि निर्माण टिमले राकुललाई अफर गरेको हो ।

भारतमा अझै पनि मानिसहरु कन्डम किन्न लाज मान्ने गर्छन् । यसैले केही नायिकाहरुले यसलाई सहजै स्विकार गर्न नसकेको मिडियामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment