+
+

आँबुखैरेनी-पोखरा सडक चार लेनको बनाउन ७ अर्ब २७ करोड विनियोजन

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १५ गते १८:०९
फाइल तस्वीर

१५ जेठ, पोखरा । पृथ्वी राजमार्गको नागढुंगा–मुग्लिन र आँबुखैरेनी–पोखरा सडकखण्डको स्तरोन्नति तथा विस्तार गर्न सरकारले बजेट विनियोजन गरेको छ ।

पृथ्वी राजमार्गको नागढुंगा–मुग्लिन खण्डको स्तरोन्नति र आँबुखैरेनी–पोखरा खण्ड चार लेनको बनाउने योजनालाई सरकारले आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरेको हो । आँबुखैरेनी–पोखरा सडकका लागि बोलपत्र आह्वान भएर ठेकेदार छनौट पनि भइसकेको छ । यो सडक डेडिकेटेड चार लेनको बनाइँदैछ ।

सरकारले यसका लागि ७ अर्ब २७ करोड रुपैयाँ विनियोजन गरेको छ । गण्डकी प्रदेशकै र देशकै प्रतिक्षित आयोजनाअन्तर्गत पृथ्वी राजमार्गका स्तरोन्नति तथा विस्तारले पोखरा–काठमाडौंलाई सहज र छोटो दूरीमा जोड्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?