+
+

पहिलोपल्ट स्काउटले गर्‍यो कोरोना संक्रमितको शव व्यवस्थापन

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १७ गते २०:००

१७ जेठ, काठमाडौं । पहिलोपल्ट नेपाली सेनाबाट तालिम प्राप्त नेपाल स्काउटका स्वयंसेवकहरूले कोरोना संक्रमितको शव व्यवस्थापन गरेका छन् ।

प्रदेश नम्बर १को राजधानी विराटनगरमा आज नेपाल स्काउट प्रदेश तदर्थ समितिका संयोजक रवि खनालको नेतृत्वमा नेपाली सेनाबाट तालिम प्राप्त स्काउटरहरुको टिमले संस्थागत रूपमा पहिलो पटक कोभिड १९ संक्रमितको शव व्यवस्थापन गरेको हो ।

सोमबार विराटनगरका ५४ वर्षीय पुरुषको शव व्यवस्थापन गरिएको नेपाल स्काउटले जनाएको छ । यसअघि नै संक्रमितहरूको शव व्यवस्थापनका निम्ति प्रदेश नम्बर १ का झापा, मोरङ र सुनसरी जिल्लाका ४२ स्काउटरलाई नेपाली सेना पूर्वी पृतना हेडक्वाटर र नम्बर २ बाहिनी अड्डा, हिलेले तालिम दिएको थियो ।

स्काउट प्रदेश कार्यालयका प्रदेश अधिकृत नवराज घिमिरेका अनुसार बेलबारी,रङेली, धरान, दमक, बिर्तामोड र भद्रपुरमा पनि स्काउटले शव व्यवस्थापन गर्ने तयारी गरेको जानकारी दिएका छन् ।

शव व्यवस्थापनका लागि खटिएका स्काउट स्वयंसेवकहरूलाई अलग्गै बस्ने व्यवस्थापन गरिएको पनि घिमिरेले जानकारी गराए । कोभिड १९ महामारी लाई लक्षित गर्दै स्वास्थ्य परामर्श प्रदान गर्ने उद्देश्यका साथ डाक्टर अन कल हेल्पलाइन सेवा पनि सञ्चालनमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?