+
+

सुदूरपश्चिम दल नेता शाहलाई एमाले अध्यक्ष ओलीले सोधे ४८ घण्टे स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २१ गते १३:५३

२१ जेठ, धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाश बहादुर शाहलाई ४८ घण्टे स्पष्टीकरण सोधेका छन् ।

पार्टी स्थायी कमिटीको निर्णय विपरीत प्रदेश सरकारलाई दिएको समर्थन किन कायमै राखेको भनेर स्पष्टीकरण सोधेका हुन् ।

ओली पक्षका नेताहरु मात्र रहेको एमाले स्थायी कमिटीको १० जेठको बैठकले समर्थन फिर्ता लिने निर्णय गर्दै राजीनामा दिन मन्त्रीहरुलाई निर्देशन दिएको थियो ।

तर माधवकुमार नेपाल समूहको बहुमत भएको संसदीय दलले समर्थन फिर्ता लिएन । बरु सरकारमा भएका तीन मन्त्रीले राजीनामा दिएर पाँच मन्त्री र चार राज्यमन्त्री बनेका छन् । मन्त्री दल नेता शाह दोहोरिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?