+
+

पटक पटक अवरुद्ध कर्णाली प्रदेश सभा बैठक आज पनि बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २६ गते ८:५५

२६ जेठ, काठमाडौं । कर्णाली प्रदेश सभा बैठक बुधबारको लागि पनि बोलाइएको छ । भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई प्रदेश सभा बैठकबाट निकाल्न माग गर्दै प्रतिपक्षी दल एमालेले अवरोध गर्दै आएको सभा बुधबार दिउँसो २ बजेको लागि बोलाइएको हो ।

बजेट अधिवेशन सुरु भएपछि सोमबार र मंगलबार पटक पटक स्थगित भएको बैठक खुलाउने विषयमा सरकार पक्ष र प्रतिपक्षबीच मंगलबार वार्ता भएपनि सहमती जुट्न सकेन ।

एमाले संसदीय दलका नेता यामलाल कँडेलले फौजदारी अभियोग लागेका थापालाई प्रदेश सरकारले मन्त्री बनाएको भन्दै त्यसको विरोध गरेका थिए । उनलाई सभाबाट ननिकालेसम्म बैठक चल्न नदिने एमालेको अडान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?