+
+

स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति : काठमाडौंसहित १४ ठाउँमा जग्गा, २२ तोला सुन

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २७ गते ६:३९

२७ जेठ, काठमाडौं । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । २४ जेठमा पत्रकार सम्मेलन गरेर सम्पत्ति विवरण सार्वजनिक गरेको बताए पनि उनले सम्पत्तिको सम्पूर्ण विवरण पछि उपलब्ध गराउने उल्लेख गरेका थिए ।

उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनको काठमाडौंसहित देशका विभिन्न १४ ठाउँमा जग्गा छ । पैतृक सम्पत्ति र आफूले जोडेको सम्पत्तिसहित गरेर उनको र उनकी पत्नीको नाममा २० रोपनीभन्दा धेरै जग्गा छ । उनकी पत्नी उषाकला राईको नाममा मोरङ र खोटाङमा जग्गा छ भने तामाङको नाममा काठमाडौं र सिन्धुपाल्चोकमा जग्गा छ ।

त्यस्तै, उनले आफूसँग २२ तोला सुन रहेको बताएका छन् । उनको काठमाडौंको गोकर्णेश्वरमा घरसहितको जग्गा छ । उनले सार्वजनिक गरेको सम्पत्ति विवरण तल उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?