Comments Add Comment

युरोकपमा आज तीन खेल : फिनल्याण्ड डेब्यु गर्दै, बेल्जियमलाई चोटको चिन्ता

२९ जेठ काठमाडौं । युरोकप २०२० अन्तर्गत दोस्रो दिन आज तीन खेल हुँदैछ । शुक्रबारदेखि सुरु भएको १६औं संस्करणको युरोकपमा आज फिनल्याण्डले डेब्यु गर्दैछ । यस्तै विशव नम्बर वान बेल्जियमलाई चोटले सताउनेछ भने वेल्सले लामो यात्रा तय गर्दै अजरवैजानमा पुगेर खेल्नेछ । रसियाले घरेलु मैदानमा बेल्जियमसँग खेल्नेछ ।

आज समूह ए अन्तर्गत एक र समूह बी का दुई खेल हुनेछन् । समूह ए क वेल्स र स्वीट्जरल्याण्डबीचको खेल अजरवैजानको बाकु ओलम्पिक स्टेडियममा हुनेछ । नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ । समूह ए को पहिलो खेलमा इटलीले टर्कीलाई ३-० ले पराजित गरेको थियो ।

यस्तै डेनमार्क र फिनल्याण्डबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । यो खले डेनमार्को घरेलु मैदान कोपनहेगमा हुनेछ । डेनमार्क सन् १९९२ को च्याम्पियन हो भने फिनल्याण्डले पहिलो पटक युरोकप खेल्दैछ । अघिल्लो संस्करणमा छनोट हुन नसकेको डेनमार्क यस पटक राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छ ।

यस्तै विश्व नम्बर एक बेल्जियम र रसियाबीचको खेल राती १२:४५ बजे सुरु हुनेछ । खेल रसियाबीचको घरेलु मैदान सेन्ट पिटर्सवर्गमा हुनेछ । पहिलो खेलमा बेल्जियमका केही महतव्पूर्ण खेलाडी खेल्ने छैनन् । चोटका कारण मिडफिल्डर केभिन डे ब्रुएना र एक्सल विटसल आज खेल्ने छैनन् । ब्रुएनालाई च्याम्पियन्स लिग फाइनलका क्रममा चोट लागेको थियो ।

यस्तै एडेन हाजार्डले पनि आजको खेलमा सुरुवात गर्ने सम्भावना कम रहेको छ । युरोकप क्वालिफाइङमा शतप्रतिशत जित हात पारेको बेल्जियमले रसियालाई छनोटमा दुवै पटक पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment