Comments Add Comment

थप २,७६८ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु

४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २,७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३ र ५४६८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०५ गरी २,७६८ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४४ जनाको मृत्यु भएको छ भने ४०२० जना संक्रमणमुक्त भएका छन् ।

कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसर सबैभन्दा धेरै काठमाडौंमा ३९४, बागलुङमा २६२, कास्कीमा १२२, झापामा १२१, मोरङमा ११८ र नुवाकोटमा ७४ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै सुनसरीमा ६७, लमजुङमा ६१, ललितपुरमा ६०, भक्तपुरमा ५४, मकवानपुर र पर्वतमा ४८/४८ जना, काभ्रेपलाञ्चोकमा ४३, बर्दियामा ४० जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै सर्लाही, धादिङमा ३०/३० जना, दाङमा २९, जुम्लामा २३, स्याङजामा २२, रौतहटमा १९, धनुषामा १७, सिन्धुलीमा १६,नवलपरासी पूर्वमा १४, सिरहमा १३, सप्तरीमा १२, खोटाङ, महोत्तरी, बाँके र रूपन्देहीमा १०/१० जनामा कोरोना संक्रमण देखिएको छ ।

धनकुटा र तनहुँमा ९/९ जना, अछाम र कैलालीमा ८/८ जना,दैलेखमा ७,बारा, कपिलवस्तु, डडेलधुरामा ६ जना, भोजपुर, पर्सा, म्याग्दी, मुगु र डोटीमा ५, इलाम, उदयपुर, नवलपरासी पश्चिम र कञ्चनपुरमा ४/४ जना, संखुवासभा, सिन्धुपाल्चोक, गोरखा, पाल्पामा ३/३ जना, ताप्लेजुङ, तेह्रथुम, रामेछाप, प्‍युठान र सल्‍यानमा २/२ जना, ओखलढुंगा, पाँचथर, दोलखा, रसुवा, जाजरकोट र बैतडीमा १/१ जना कोरोना संक्रमित थपिएको छ ।

यस्तै १० वर्ष मुनिका ६८ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १७६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment