४ असार काठमाडौं । एमिल फोसवर्गले गरेको एक मात्र पेनाल्टी गोल मद्दतमा स्वीडेनले युरोकप २०२० को समूह इ को खेलमा स्लोभाकियालाई १-० ले पराजित गरेको छ ।
रुसको सेन्ट पिटर्सवर्गसमा शुक्रबार भएको खेलमा फोसवर्गले दोस्रो हाफमा गोल गरे ।
खेलको ७७औं मिनेटमा स्वीडेनका लागि फोसवर्गले पेनाल्टीमा गोल गरे । स्लोभाकियाका गोलकिपर मार्टिन डुभ्राभ्काले रोविन कवाइसनलाई फउल गरेपछि स्वीडेनले पेनाल्टी पाएको थियो । जसमा फोसवर्गले गोल गरे ।
पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको स्वीडेनले स्लोभाकियालाई हराएपछि २ खेलबाट ४ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लेको छ ।
उता पहिलो खेलमा पोल्याण्डलाई पराजित गरेको स्लोभाकिया भने हारपछि २ खेलबाट ३ अंकसहित दोस्रो स्थानमा छ ।